१८ बैशाख २०८१, मंगलवार

विश्व प्रसिद्द फुट्बल खेलाडीको एक हर्कतले कोकाकोलालाई एकैदिनमा झन्डै ५ खर्बको झट्का (भिडियो सहित)

60c889cb6d855e00181580fc

पोचुर्गलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालमा विश्वकै धेरै फ्यान, फलोअर्स भएका एकजना सेलिब्रेटी हुन्। उनको कुनै पनि एक कदमले सजिलै उथलपुथल ल्याइदिन सक्छ। यस्तै उथलपुथल र आँधीबेहेरी रोनाल्डोले विश्वकै सबैभन्दा धेरै बिक्ने भनिएको कोकाकोला कम्पनीमा ल्याइदिएका छन्।

युरोकपको प्रि-म्याच पत्रकार सम्मेलनमा क्रिस्टियानो रोनाल्डोले कोकाकोलाको बोतल फ्रेमबाट हटाएपछि कम्पनीको ब्राण्ड र सेयर मूल्यमा धक्का पुगेको छ।

विश्व चर्चित पेयपदार्थ कोकाकोलाले स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका कारण एकै दिन चार खर्ब ६९ अर्ब रुपैयाँ घाटा व्यहोर्नु परेको छ। कोकाकोलाले एकै दिन साढे ४ बिलियन डलरको सेयर मूल्य गुमाएको हो।

उक्त घटनाअघि कोकको सेयर मूल्य प्रतिकित्ता ५६.१० अष्ट्रेलियन डलर (५ हजार ६० रुपैयाँ) रहेकोमा रोनाल्डोसँगको पत्रकार सम्मेलनपछि सेयर मूल्य १.६ प्रतिशतले घट्दै ५५.२० अष्ट्रेलियन डलर (४ हजार ९७९ रुपैयाँ) मा झरेको थियो।

यस्तो ठूलो घाटा कोकाकोलाले रोनाल्डोले दुईवटा बोतल हटाइदिँदा ब्यहोरेको हो। पोर्चुगलका कप्तान रोनाल्डोले सोमबार युरो कपअन्तर्गत हंगेरीविरुद्धको खेलअघिको पत्रकार सम्मेलनका क्रममा मञ्चमा राखिएका कोकाकोलाका दुईवटा बोतल हटाएर पानीको बोतल राखिदिएका थिए।

युरोकपका क्रममा लिइएको रोनाल्डोको यो भिडियो समाजिक सञ्जालमा भाइरल भएपछि कोकाकोलाको सेयर मूल्यमा पहिरो नै गएको छ। रोनाल्डोले पत्रकार सम्मेलनका क्रममा आफूलाई शारीरिक रुपमा तन्दुरुस्त राखिरहन कोकाकोलाको सट्टा पानी पिउन सल्लाह दिएका थिए। यहीकारण कम्पनीले अहिलेसम्मकै ठूलो क्षति व्यहोर्नु परेको हो।

रोनाल्डोले कोकाकोलाको बोतल फ्रेमबाट हटाइदिएपछि कम्पनीको ब्राण्ड र सेयर मूल्यमा भारी गिरावट आएको हो। यसअघि कोकाकोलाको एक कित्ता सेयर ५६.१० डलर (५ हजार ६० रुपैयाँ) मा किनबेच भइरहेको थियो। रोनाल्डोको यो कदमपछि कोक कम्पनीको सेयर १.६ अंकले घटेर ५५.२२ (४ हजार ९७९ रुपैयाँ) मा कारोबार भइरहेको छ। यस्तै कोकाकोलाको नेट वर्थ २४२ बिलियन डलरबाट झरेर २३८ बिलियन डलरमा खुम्चिएको छ।

उक्त मूल्य सामान्य घटेको देखिए पनि कोकाकोलाको बजार मूल्य करिब पाँच अर्ब २० करोड अष्ट्रेलियन डलर (चार खर्ब ६९ अर्ब रुपैयाँ) रुपैयाँ ले गुमेको छ।

9bf2727c700314210177349da7da67dc369f00ae

हंगेरीसँगको खेलअघि भएको पत्रकार सम्मेलनमा ३६ वर्षीय रोनाल्डोले प्रतियोगिताको ठूलो प्रयोजकसमेत रहेको कोकाकोलाको बोतल हटाउँदै खानेपानीको बोतल उचालेर देखाएका थिए। 

उक्त घटना सानो देखिएपनि कोकाकोलालाई भने ठूलो फाइनान्सियल हेडएक (टाउको दुखाई) बनेको छ। रोनाल्डोले ‘कोकको सट्टा पानी’ को सन्देशको आशय बुझिने किसिमले कोकको बोटल पन्छाएको घटनापछि कोकाकोलाले आधिकारिक प्रतिक्रिया जनाएको छ।

युरो कपको मुख्य प्रायोजक कोकाकोलाले रोनाल्डोको यो कदमपछि विज्ञप्ति निकालेर हरेक व्यक्तिले आफ्नो स्वाद र आवश्यकता अनुसार पेय पदार्थ रोज्न पाउने तर्क गरेको थियो। उसले खेलाडीलाई पत्रकार सम्मेलन कक्षमा आउँदा पानीसँगै कोकाकोला र कोकाकोला जिरो सुगर दिने गरिएको जनाएको छ।

‘सबैजना आफ्नो रुची, स्वाद र आवश्यकताअनुसार पेय पदार्थको प्राथमिकता तय गर्न हकदार छन्,’ कोकाकोलाको वक्तव्यमा भनिएको छ। 

E381EZ6WUAMQHsl 1

कोकाकोला युरो २०२० को आधिकारिक प्रायोजकमध्ये एक भएकाले बोतल टेबलमा मार्केटिङका लागि राखिएको हुन्छ। रोनाल्डो सामाजिक सञ्जालमा एकदमै चर्चित छन्। इन्स्टाग्राम उनका लगभग ३ करोड फलोअर्स छन्।

युरोकप प्रतियोगिताको मुख्य प्रयोजक कोकाकोला रहेको छ। रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा मंगलबार राति भएको खेलमा हंगेरीमाथि ३-० को सहज जित निकाल्दै पोर्चुगलले युरो कपमा सानदार सुरुवात गरेको छ । पोर्चुगलको जितमा रोनाल्डोले २ र राफेल गुरेरो १ गोल गरेका थिए ।