
मन्त्रिपरिषदका नवनियुक्त वन तथा वातावरण मन्त्री नारदमुनी रानाले पदभार ग्रहण गरेका छन्। कैलालीको क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका रानालाई बिहीबार मन्त्रालयको जिम्मेवारी दिइएको थियो।
उनले बिहीबार नै राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।त्यसलगत्तै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरिसकेका छन्।