१८ बैशाख २०८१, मंगलवार

नयाँ सहमतिसँगै तीन मन्त्री मन्त्रालयविहीन, क–कसको मन्त्रालय खोसियो ?

cabinet
फाइल फोटो

जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने टुंगो लागेसँगै अहिले सरकारमा रहेका तीन जनाको जिम्मेवारी खोसिएको छ ।

जसपाले पाउने ८ मन्त्रालय टुंगिएसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताहरुबीच शुक्रबार भएको छलफलमा ८ मन्त्रालय टुंगिएको हो ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा रहेका महिला बालबालिका मन्त्री जुलीकुमारी महतो देखि वनमन्त्री प्रेम आलेसम्मको जिम्मेवारी खोसिएको हो । यस्तै भूमि व्यवस्था तथा सहकारी मन्त्री शिवमाया तुम्बाहाङ्फेको जिम्मेवारी पनि खोसिएको छ । 

जसपाले ८ मन्त्रालय लिएर सरकारमा जाँदैछ जसपाले शहरी विकास, उर्जा, खानेपानी, भूमि व्यवस्था, श्रम, युवा तथा खेलकुद, महिला बालबालिका र वन मन्त्रालय पाएको छ ।

नयाँ सहमतिसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् ।

जसपाले पाएको ८ मध्ये ५ मन्त्रालय हाल प्रधानमन्त्रीसँग छ । तर महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमिव्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फे छिन् । तर रक्षा, गृह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्रीसँग रहेकाले मन्त्रालय हेरफेर हुन सक्ने सम्भावना रहेको बुझिएको छ ।