१८ बैशाख २०८१, मंगलवार

सर्वोच्चको पूर्ण बैठक : गरेन नियमावली संशोधन, संवैधानिक इजलासको रोस्टर पुरानै रहने

Supreme Court 43KnAVGEAY

संवैधानिक इजलास गठन सम्बन्धी नियमावली संशोधन नगरी सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) को बैठक टुंगिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका थिए । बैठकमा प्रधानन्यायाधीश र १८ जना न्यायाधीश सहभागी थिए । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ होम आइसोलेशनमा बसेका हुनाले बैठकमा सहभागी भएनन् ।

बैठकले एक साताभित्र संवैधानिक इजलास वरिष्ठताका आधारमा गठन गर्ने विषयमा प्रधानन्यायाधीश र सर्वोच्च बारबीच छलफल भएको थियो । तर, फुलकोर्टले सो आवश्यक नदेखेको र यसअघिकै रोष्टरबाट प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सुनुवाइका लागि आइतवार इजलास गठन हुने भएको छ ।

बैठकले सर्वोच्च अदालतका काम काम कारवाही र सेवा प्रवाहका सम्बन्धमा यसअघिको बैठकका निर्णयलाई निरन्तरता दिने निर्णय गरेको छ ।