२५ बैशाख २०८१, मंगलवार

भाउजुको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

arest

नातामा भाउजू पर्ने २४ वर्षीया अनिता यादवको हत्या गरेको आरोपमा रङ्गेली नगरपालिका–३ निवासी १९ वर्षीय विनोद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

रङ्गेली–३ तिलवा चोक बस्ने बेचन यादवकी श्रीमती अनितालाई अभियुक्तले मङ्गलबार विवाद भई घाँटी आगाडिको भागमा धारिलो हतियार दाउले हानेर हत्या गरेको प्रहरी प्रवक्ता मानबहादुर राईले आज जानकारी दिनुभयो । अभियुक्तलाई बिहीबार बिहान रङ्गेली प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।