१८ बैशाख २०८१, मंगलवार

शेखर कोइरालाले भन्छन्: मधेसको मुद्दा समाधानका लागि महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्छ

shekhar
फाइल फोटो

कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र र संविधानको रक्षा र मधेसको मुद्दा समाधान गर्नका लागि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने बताउनु भएको छ ।

कोइराला निवासमा शनिबार पत्रकारसँगको कुराकानीमा उहाँले संसद्मा विश्वास गुमाइसकेका व्यक्ति पुनस् प्रधानमन्त्री भएर सरकार चलाउनु मुलुकका लागि दुर्भाग्य भएको बताउनु भयो । ‘एक पटक संसद्मा विश्वास गुमाइसकेका प्रधानमन्त्री केपी ओलीजीले पुनस् संसदमा विश्वासको मत माग्न जानु हुन्छ,’ उहाँले भन्नु भयो ‘यो संविधानको कमजोर पक्ष हो ।’ तर लोकतन्त्रिक अभ्यासमा सामान्यतस् संसदमा विश्वास गुमाइसकेकाले राजीनामा दिएर बाटो छोड्नुपर्ने कोइरालाको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले अहिले संसद्मा विश्वासको मत लिने र आउँदो आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम पारित गराउने दुई वटा लक्ष्यका साथ अघि बढिरहेको उनहाँले बताउनु भयो । अगामी वर्षको बजेट प्रधानमन्त्री ओलीले चुनावी बजेट ल्याउने ध्येयका साथ अघि बढिरहेको छ ।

प्रधानमन्त्री ओलीसँग माधवकुमार नेपालहरु गइसकेको अवस्थाममा जसपालाई प्रतिपक्षीले रोक्न सक्नुपर्ने कोइरालाले बताउनु भयो । ‘कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार नबन्ने कुरा प्रष्ट भइसकेकाले त्यो भन्दा अगाडी सोच्नुपर्ने हो,’ उहाँले भन्नु भयो ‘प्रमुख प्रतिपक्षी कांग्रेसले महन्थ ठाकुरलाई लोकतन्त्र र संविधानको रक्षाका साथै मधेसको मुद्दा समाधानका लागि प्रधानमन्त्री बन्न आह्वान गर्नुपर्छ ।’ प्रमुख प्रतिपक्षी कांग्रेसले अहिले सरकार बनाएर मुलुकमा कायम गतिरोध अन्त्य गर्ने दायित्व निर्वाह गर्नुपर्ने उहाँले बताउनु भयो ।

अध्यक्ष ठाकुरले मधेसको मुद्दा सम्बोधनका लागि प्रधानमन्त्री बन्न छलफलमा आउने अवसर गुमाउन नहुने कोइरालाको भनाइ थियो । अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री बनाउन नसकिए मुलुकमा झन् ठूलो अराजकता निम्तिने उहाँले बताउनु भयो । ‘संसद् चलिरहेको बेलामा प्रधानमन्त्रीले अध्यादेश ल्याएर देश चलाउनु लोकतन्त्रको उपहास होइन रु,’ उहाँले भन्नु भयो , ‘संवैधानिक निकाय जस्ता संस्था अध्यादेशमार्फत अघि बढाउनुले अहिलेको सरकार र अलोकतान्त्रिक र गैर संवैधानिक तरिकाले चलेको हो ।’

कांग्रेसले जसपालाई सरकारको नेतृत्व गर्न दिएर लोकतन्त्र र संविधान जोगाउनुको विकल्प नरहेको कोइरालाले बताउनु भयो । कोइरालाले पार्टी सभापति देउवाले पार्टीको महाधिवेशन गराउन नचाहे विशेष अधिवेशनको माग गरेर पार्टीलाई जोगाउने बताउनु भयो ।