११ बैशाख २०८१, मंगलवार

अब माओवादीका हजारौँ कार्यकर्ता एमाले प्रवेश गर्छनः नेता बस्नेत

mahesh basnet
फाइल फोटो

नेकपा (एमाले)का प्रभावशाली युवा नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड अब प्रधानमन्त्री बन्ने कुरा सपनामात्र रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘आगामी निर्वाचनबाट प्रचण्ड कमरेड सम्भवतः घरमै बस्नुहुन्छ । उहाँले चुनाव लड्ने क्षेत्र नै देखेको छैन मैले ।’

नेता बस्नेतले आगामी निर्वाचन सम्ममा नेकपा माओवादी केन्द्रका हजारौँ कार्यकर्ता एमालेमा प्रवेश गर्ने दाबी गर्नुभयो । उहाँले एमालेको नीति एमालेको नेतृत्व भन्ने अभियान अझै बलसाली ढंगले स्थापित हुँदै जाने बताउनुभयो ।

एमालेले अल्पतमको सरकार गठन गरेसँगै अब प्रतिनिधिसभा विघटन गरेर पुनः चुनावमा जाने कोर्स सकिएको बताउनुभयो । उहाँले चाँडै नै जसपा र एमालेभित्रकै केही सम्भावना बोकेका नेताहरूलाइ समेटेर मन्त्रिमण्डल पुनर्गठन हुने बताउनुभयो ।

पूर्वमन्त्री समेत रहनु भएका बस्नेतले माधवकुमार नेपालले पनि प्रतिनिधिसभाको यो कार्यकालमा प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताउनुभयो । पार्टीभित्रका केही नेताहरूलाइ भने विगतमा व्यक्त गरेका कुण्ठाले एडजस हुन केही समय लाग्ने बताउनुभयो ।