२६ बैशाख २०८१, बुधबार

खाडी मुलुकबाट नेपालीले पठाए ५ सय ६० थान अक्सिजन सिलिन्डर

cylinder OIMNVlFD8c

वैदेशिक रोजगारका लागि खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरुले ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल पठाएका छन्। पछिल्लो समय कोरोना संक्रमितको अवस्था भयावह र अक्सिजन अभाव भएसँगै खाडी मुलुकमा रहेका नेपाली श्रमिकहरुले नेपाल सरकारलाई शनिबार ५ सय ६० अक्सिजन सिलिन्डर पठाएका हुन् ।

शनिबार पठाइएको ५ सय ६० थान अक्सिजन सिलिन्डर आजै नेपाल एयरपोर्ट आइपुग्ने र भोलि नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।