२४ बैशाख २०८१, सोमबार

किरण केसीले भने,‘ छिछिछि गन्धा राजनिती’

kiran kc actor

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि विभिन्न टिकापिप्पणी भइरहेको छ । विश्वासको मत गुमाएपछि प्रधानमन्त्री ओली अहिले कामचलाउको हैसियतमा काम गरिरहेका छन् ।

यसैबीच हास्यकलाकार किरण केसीले अहिलेको राजनितीलाई गन्धा राजनितीको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत गन्धा राजनिती भएको बताए हुन् । कोरोना महामारीकोबीच जनताले अक्सिजन तथा भेन्टिलेटर नपाएर मरिरहेको अवस्थामा प्रधानमन्त्री फेर्ने खेल भइरहेको भन्दै उनले गन्धा राजनितीको संज्ञा दिएका हुन् ।

उनले मन्त्री तथा सचिव देखि सबै सम्वैधानिक अंगका मान्छेहरु फेर्न आग्रह गरेका छन् । साथै उनले आफ्नो दिमाख पनि फेर्न अहिलेका राजनितिक दलका नेतालाई आग्रह गरेका छन् । उनले लेखेका छन्,‘तपाईहरू प्रधानमन्त्री फेर्नुहोस्, तपाईहरू भनै मन लागेन । तिमीहरू मन्त्री फेर, मुख्य मन्त्री फेर, सचिव फेर, राजदुत फेर, सम्वैधानिक अंगका प्रमुखहरू फेर र साथ साथै आफ्नो दिमाख पनि फेर ।’

उनले अहिले कोरोना नियन्त्रण तथा जनता बचाउने तिर सरकार तथा राजनितिक दल नलागने सरकार बनाउन तर्फ लागेकोमा चिन्ता व्यत्त गर्दै लेखेका छन्,‘ काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भन्या जस्तो । जन्ता हरूलाई सास फेर्न गारो भै सक्यो सास फेर्न ।’ उनले अन्तिमले लेखेका छन्,‘छिछिछि गन्धा राजनिती,सबैलाई चेतना भया !’