
सांकेतिक तस्विर
देशभर ४ हजार ३७८ जनाको पीसीआर परीक्षण गर्दा ४९३ जनामा संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ५२४ पुगेको छ।
संक्रमित मध्य सबैभन्दा धेरै काठमाडौंमा १५९ जना, ललितपुरमा ४४ जना र ४१ जना बाँकेमा रहेका छन । स्वास्थ मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४६ जना आईसियु र १३ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । त्यस्तै देशभरमा ९२ जना आईसियु र १५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
त्यस्तै ७२७ जनाको एन्टिजेन परीक्षणमा गर्दा ६३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
यससंगै पछिल्लो २४ घण्टामा १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण अहिलेसम्म ३ हजार ५३ जनाले ज्यान गुमाइसकेका छन्।