१६ चैत्र २०८०, शुक्रबार

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

ram chandra paudel brother

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पारिवारिक शोकमा पर्नुभएको छ । उहाँको माइला भाइ गोविन्दराज पौडेलको ७५ वर्षको उमेर आज चितवनको रत्ननगरस्थित आफ्नै निवासमा निधन भएको हो ।

व्यास नगरपालिकाको २९औँ पदस्थापन दिवसको कार्यक्रममा प्रमुख अतिथि रहनुभएका वरिष्ठ नेता पौडेल भाइको निधनको खबर पाए लगत्तै चितवन जानु भएको छ । उहाँले सामाजिक सञ्जालमार्फत भाइको निधनले आफु एक्लो भएको उल्लेख गर्नुभएको छ ।

“नाताले भाइ भए पनि मेरो साथी जस्तै गरी सबै कुरामा साथ सहयोग पाउँदै आएको थिए । राजनीतिक जीवनकालमा सधैँ सहयोगी भूमिका निर्वाह गर्दै आएका भाइको निधनबाट मैले आफूलाई एक्लोे महसुस गरेको छु”, नेता पौडेलले शोक सन्देशमा उल्लेख गर्नुभएको छ ।

पौडेलको निधनप्रति नेपाली कांग्रेस तनहुँले दुःख व्यक्त गरेको छ । पार्टीका जिल्ला सभापति बैकुष्ठ न्यौपानेले असल अभिभावक गुमाउनुपर्दा पार्टी र समाजलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ । स्व पौडेलका श्रीमती बन्दना, छोरा अनिल तथा छोरीद्वय शान्ता हुमागार्इं र कान्ता हुमागाईं हुनुुहुन्छ ।