१८ बैशाख २०८१, मंगलवार

प्रचण्ड र जसपाका नेता बुढानीलकण्ठ पुगे, तीन दलको बैठक सुरु

prachanda

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेका छन्। नयाँ सरकारका लागि समीकरण बनाउन सभापति देउवाले आज माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेतासँग छलफल गर्न लागेका हुन्।

नयाँ सत्ता समीकरणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको छलफल जसपाका नेताहरु ढिला गरी सुरु भएको छ ।

जनता समाजवादी पार्टी नेपालका नेताहरु ढिला गरी बैठकमा पुगेकाले ३ बजे बस्ने भनेको बैठक एक घण्टा ढिला गरी मात्र शुरु भएको हो ।

उनले बिहीबार आजका लागि संयुक्त बैठक बोलाएका थिए। सोहीअनुसार माओवादी अध्यक्ष दाहाल देउवा नेवास पुगेका हुन्। अध्यक्ष दाहालसँगै माओवादी नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङलगायतका नेता देउवा निवास बू्ढानीलकण्ठ पुगेका छन्।

देउवाले बोलाएको छलफलमा सहभागी हुन हिँडेका जसपाका नेताहरु बाटोमै छलफल गर्न बसेका थिए । बैठकमा एउटै स्वर राख्नका लागि उनीहरु बीच बाटोमै छलफलमा जुटेका हुन् । स्रोतका अनुसार जसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो र अर्का नेता अशोक राई बूढानीलकण्ठ छेउछाउमै छलफलमा बसेका थिए ।

केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा तीन दलबीच गठबन्धन गरेर नयाँ सरकार गठनका लागि छलफल गर्न देउवाले अग्रसरता लिएका हुन् ।