
फाइल फोटो
दुई खेमा विभाजन भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु प्रधानमन्त्री कपी शर्मा ओली, पुष्पकमल दाहाल‘ प्रचण्ड’ र माधव कुमार नेपाल भोलिको प्रतिनिधिसभा बैठकमा भने सत्तापक्षकै बेन्चमा बस्ने भएका छन् ।
औपचारिक रुपमा दल विभाजन भइनसकेकाले नेकपाका दुवै खेमा (ओली समूह र प्रचण्ड–नेपाल समूह) लाई सत्तारुढ दल कै बेच्नमा देखिने भएको हो ।
बैठकमा नेकपाका सबै सांसदलाई सत्तापक्षकै बेन्चमा राखिने संसद् सचिवालयले जनाएको छ ।
संसदमा सत्तापक्ष, प्रतिपक्षी र मन्त्रीलाई तीनवटा सेटमा छुट्याइएको हुन्छ। नेकपाका कानूनी रुपमा विभाजन नभएकाले सबै सांसद सत्तापक्षकै बेन्चमा बस्नु पर्ने भएको हो । राष्ट्रिय सभाको बैठकमा पनि एकै ठाउँमा बस्ने व्यवस्था गरेको सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।