१८ बैशाख २०८१, मंगलवार

सुशान्तकी बहिनी श्वेताले लेखिन दाजुलाई यस्तो भावुक पत्र

sushant singh rajput sister emotional post

बलिउड अभिनेता सुशान्तसिंह राजपूतको निधन भएको १४ फेब्रुअरीमा ८ महिना पुरा भएको छ । उनको आत्महत्याको कारण अहिलेसम्म पत्ता लागेको छैन। उनको आत्महत्याबारे प्रहरीले अनुसन्धान गरिरहेको छ भने उनको परिवार र फ्यान न्यायको पर्खाइमा छन् ।

अभिनेता सुशान्तकी बहिनी श्वेतासिंह कीर्तिले बेला बेलामा सामाजिक सञ्जालमा पोस्टमार्फत उनको याद गरिरहेको देखिन्छ । हिजो उनले दाजुको आत्महत्या भएको ८ महिनामा सुशान्तको तस्बिर पोष्ट गर्दै एमोशनल म्यासेज लेखेकी छन् ।

उनले तस्बिर शेयर गर्दै लेखेकी छन्, ‘कहाँ गयौ बेबी ? फर्किएर आउ । अहिले ८ महिना भयो, तिमीलाई देखेको पनि छैन, तिम्रो आवाज पनि सुनेको पनि छैन । प्लिज फर्किएर आउ ।’ सुशान्त १४ जुन २०२० मा बान्द्रास्थित फ्लाइटमा मृत भेटिएका थिए । सीबीआईले यो विषयमा जाँच गरिहेको छ ।

Capture