७ बैशाख २०८१, शुक्रबार

लोकतन्त्रको रक्षा कम्युनिष्टबाट नहुने

pradip paudel dailekh

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले संविधानमा गणतान्त्रिक लोकतन्त्रको रक्षा कुनै पनि कम्यूनिष्टबाट नहुने बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कमिटि दैलेखले आयोजना गरेको प्रधानमन्त्रिको असंबैधानिक कदमका विरुद्ध दैलेखको सभालाई सम्बोधन गर्दै नेता पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चुनावताका नेपाली जनतालाई झुठ्ठा आश्वासन दिएर भोट लिएको आरोप लगाएका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता पौडेलले भने ‘घर–घरमा ग्यास,,पानीन्जहाजका सपना बाँडेर कम्युनिष्टले जनमत लिएका हुन्, जनतमत पाएका दलाल कम्युनिष्टले गर्दा प्रतिगमनका विरुद्ध सडकमा आउनुपरेको धारण ब्यक्त गरे । ‘कम्युनिष्टहरुले कहिल्यै पनि जनमत, संविधान र लोकतन्त्र रक्षा गर्दैनन्, यदी जनमतको कदर गर्ने नै थिए भने नेपाली जनताले दिएको दुईतिहाई बहुमतको कदर गरेर प्रतिनिधी सभा विघटन गर्दैनथे,’ नेता पौडेलले भने ‘कुर्सि, पैसा, पदका लागि लड्ने बाहेक कम्युनिष्ट सरकारले तीन बर्षसम्म कुनै पनि जनपक्षिय काम गरेका छैन् ।’

मध्यपहाडी राजमार्ग, भैरहवा एयरपोर्ट, मेलम्ची खानेपानी पहिलेकै सरकारको योजना भएको नेता पौडेलले बताए । कम्युनिष्टले जनतालाई झुठा आवश्वासन दिएर मत बटुल्ने तर कदर नगर्ने हुँदा जनताले दुःख पाएको उनको भनाई थियो । ‘संविधानको कुनैपनि धारामा प्रतिनिधी सभा विघटन गर्ने उल्लेख नगरिएको पौडेलले बताए ।