२१ बैशाख २०८२, आईतवार

प्रेम दिवसमा राहुलको ‘तिमी रिसाउँदा’

1613272415 BPZep

गायक राहुल रक्सको आवाजमा नयाँ गीत ‘तिमी रिसाउँदा’ कोभिडियो सार्वजनिक गरिएको छ। प्रेम दिवसको अवसर पारेर सार्वजनिक गीतमा सुरज अधिकारी (सुर रक्स) को शब्द तथा संगीत रहेको छ। रिसाएकी प्रेमिकालाई फकाउने थिम रहेको गीतमा संगीत संयोजन पुरुषोत्तम सुबेदीको रहेको छ।

जनकदीप पराजुलीले निर्देशन गरेको भिडियोमा डिमन क्षेत्रि र अर्नबी ढुंगाना फिचर छन्। सागर प्रधानले छायाँकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन र धुर्बराज पराजुली ‘प्रज्वलित’ले कलर संयोजन गरेका छन्। सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।