२० बैशाख २०८१, बिहीबार

हवाई इन्धन बाहेक सबै इन्धनको मुल्य बढ्यो

Nepal Oil NOC

नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ । त्यसैगरी एक वर्षपछी एलपी ग्यासको मूल्य पनि वृद्धी भएको छ ।

मुल्य वृद्धिपछी एलपी ग्यास प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । त्यसैगरी प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको पेट्रोल अब उपभोक्तालाई प्रति लिटर ११२ र डिजेल / मट्टितेलको प्रति लिटर ९५ पर्नेछ ।

हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

मुल्य वृद्धी भएपनी निगमलाई पेट्रोलमा प्रति लिटर ५ ।१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३ ।०१ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २९५ ।८३ रुपैयाँ घाटा रहेको जनाएको छ ।