
कामदार पठाउने प्रक्रिया बन्द भएको करिब डेढ वर्षपछि मलेसियाले पहिलोपटक ठूलो संख्यामा नेपाली युवाको माग गरेको छ।
मलेसियास्थित नेपाली दूतावासमा मागपत्र प्रमाणित भई विभिन्न पाँच क्षेत्रका लागि ३१ हजार २ सय १ नेपालीको माग आएको हाे।
नेपाल र मलेसिया सरकारबीच १ वर्षअघि सम्पन्न कामदारको नियुक्ति, रोजगारी तथा घरफिर्तीसम्बन्धी समझदारीपत्र कार्यान्वयनमा आएपछि ३१ हजारभन्दा बढी नेपाली कामदारको माग आएको कारोबारमा खबर छ ।
मलेसियास्थित नेपाली दूतावासले मंगलबार पाँचवटा क्षेत्रका लागि आएका ३१ हजार २ सय १ युवाका लागि मागपत्र प्रमाणित गरिएको जनाएको छ।
मलेसियाबाट आएका माग क्षेत्र र संख्या :
- निर्माण- १,०३०
- औद्योगिक- १७,११६
- सेवा क्षेत्र- १०,१८३
- कृषि क्षेत्र- १,४७५
- प्लान्टेसन- १,३९७
- निर्माण- १,०३०