१३ बैशाख २०८१, बिहीबार

गढिमाईको दर्शनार्थी बोकेको पिकअप दुर्घटना

accident

मंगलबार राती  गढिमाई मन्दिरको दर्शन गरेर फर्कदैँ गरेको ना २ च ८८५५ नम्बरको यात्रु बाहक पिकअप अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो । गढिमाइबाट धनुषा आउँदै गर्दा विपरित दिशाबाट गइरहेको ट्रकले हेडलाईट डिम नगर्दा अनियन्त्रीत भई सडकबाट तल खसेको घाईतेहरुले बताएका छन् ।

बर्दिवास नगरपालिकाअन्तर्गत महोत्तरीको लक्ष्मिनीयामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा धनुषाधाम घर भएकी वर्ष ५५ की सकुन्तलादेवी महतो र भारत जयनगर घर भएकी वर्ष ५० की तनिया देवी महतो रहेका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारको लागी धरान रिफर गरिएको छ भने सामान्य घाईते भएका १० जनाको बर्दिवासस्थित शुभस्वस्तिक अस्पताल बर्दिवासमा उपचार भैरहेको छ ।

पिकअप चालकलाई ईलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको बताइएको छ ।