१८ बैशाख २०८१, मंगलवार

९ सय लिटर अवैध घरेलु मदिरा नष्ट

1MPk5reZus0ON6rbz2hY

सर्लाही, बयलवासमा रहेको इलाका प्रहरी कार्यालय केशरगञ्जले बरामद गरेको साढे ९ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको छ ।

उपनिर्वाचनलाई मध्यनजर गरी गस्ती बढाउँदा जिल्लाको हरिपूर्वासहित विभिन्न स्थानबाट बरामद गरिएको मदिरा आज बिहान जनप्रतिनिधि र अन्य सरोकारवालाको उपस्थितिमा फूलजोर खोलामा ल्याएर नष्ट गरिएको सर्लाहीका प्रहरी निरीक्षक जयकृष्णप्रसाद कुर्मीले जानकारी दिए ।

प्रहरीले बेला–बेलामा बरामद गरेर नष्ट गरेपनि जिल्लामा लुकिछिपी घरेलु मदिराको व्यापार भइरहेको छ ।