१५ बैशाख २०८१, शनिबार

बिरामीकाे शरीरबाट ७.४ किलाेकाे मिर्गाैला निकालियाे

keendy

भारतको नयाँ दिल्लीस्थित सर गंगाराम अस्पतालमा युरोलोजी विभागका चिकित्सकहरूको टोलीले बिरामीको शरीरबाट ७.४ किलोको मिर्गौला निकालेका छन्। यो भारतमा बिरामीको शरीरबाट निकालिएको अहिलेसम्मकै ठूलो मिर्गौला हो।

यसको लम्बाइ २१.८ सेन्टीमिटर रहेको छ। यो विश्वको तेस्रो सबैभन्दा ठूलो मिर्गौला भएको बताइएको छ। यो दुर्लभ शल्यक्रिया लगभग दुई घण्टा चलेको थियो। शल्यक्रिया टोलीमा डा. अजय शर्मा, डा. सचिन कथुरिया र डा. जुहिल नानावटी रहेका थिए।

डा. सचिन कथुरियाका अनुसार दिल्लीको ५६ वर्षको बिरामी शरीरबाट उक्त मिर्गौला निकालिएको हो। उनी आनुवांशिक डिसअर्डरबाट ग्रस्त थिए। डा सचिनले भने, अहिलेसम्म यस प्रकारका दुई दुर्लभ शल्यक्रिया भइसकेका छन्। पहिलो अमेरिकामा ९८.७ किलो र दोस्रो नेदरल्याण्डमा ९७.७ किलो मिर्गौला निकालिएको थियो। अब हामी यसलाई गिनीज वर्ल्ड अफ रेकर्डमा रेकर्ड गर्न तयारी गर्दैछौं। एजेन्सी