१८ बैशाख २०८१, मंगलवार

च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सको विजयी

juventus atletico madrid 261119m

युभेन्ट्सले यूईएफए च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडलाई पराजित गरेको छ । समूह डी अन्तर्गत आज बिहान सम्पन्न खेलमा पाउलोको निर्णायक गोलमा युभेन्टसले एट्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको हो ।

पहिलो हाफको इन्जुरी समयमा पाउलोले टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि आक्रामक बनेको एट्लेटिकोले अवसर पाए पनि सुदपयोग गर्न सकेन । एकपछि अर्को अवसर खेर फालेको एट्लेटिको अन्ततः १–० ले पराजित भयो ।

जितसँगै युभेन्ट्स ५ खेलबाट १३ अंक जोड्दै समूह डीको शीर्ष स्थानमा छ । पराजित एट्लेटिको ७ अंकसहित दोस्रो स्थानमा छ ।