२९ भाद्र २०८२, आईतवार

चैत २८ मा ‘चपली हाइट ३’

chapaliheight 3 poster 122045514

संस्पेन्स थ्रिलर सिनेमा ‘चपली हाइट ३’को रिलिज मिति घोषणा गरिएको छ।  निर्माता कुमार र निर्देशक निकेश खड्काले छायाँकनस्थलबाटै सिनेमाको रिलिज मिति घोषणा गरेका हुन्।

घोषणा अनुसार सिनेमा यसै वर्षको अन्तिम साता अर्थात चैत २८ गते रिलिज हुनेछ। अर्जुन कुमारको निर्माणमा छायांकन भैरहेको चलचित्र ‘चपली हाइट–३’ले चैत २८ गतेका लागि रिलिज डेट लक गरेको हो ।

निकेश खड्काले निर्देशन गरिरहेको चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठ मुख्य भूमिका छ । महेश र प्रतिकको ‘चपली हाइट–३’ डेब्यू चलचित्र हो ।

‘चपली हाइट ३’ सस्पेन्स थ्रिलर जानरामा निर्माण भैरहेको नयाँ वर्षको अवसर पारेर आउन लागेको हो ।