
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम गलत रहेको बताएका छन् ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमबारे यसअघि ‘पर्ख र हेर’को नीतिमा रहेका गौतमले आइतबार दिउँसो त्यसको विरोध गरेका हुन्।
दिउँसो एक विज्ञप्ति जारी गर्दै गौतमले भनेका छन्, ‘संसद्को कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै नेपालको संविधानको मर्म र भावना विपरीत प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैरसंविधानिक कदम गलत र भर्त्सना योग्य छ।’
प्रधानमन्त्रीको कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्य मान्यतालाई समाप्त पार्नेछ गौतमले बताएका छन्।
संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै संविधानको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गर्नु गलत र भर्त्सनायोग्य रहेको गौतमले बताएका हुन् ।
‘यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्नेछ ।’उनले भनेका छन्,
प्रधानमन्त्रीको सिफारिसमा आजै राष्ट्रपतिले संसद विघटन गरेकी छिन् ।
