१८ बैशाख २०८१, मंगलवार

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै, जिल्ला बाहिरको अस्पताल लैजान सुझाव

govinda kc

डडेल्धुरा, चिकित्सा शिक्षा सुधारको माग राख्दै आफ्नो १७औं पटकको अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पतालमा भर्ना गरिएका डा. केसीलाई थप उपचारका लागि जिल्लाबाहिर सुविधासम्पन्न  अस्पतालमा लैजान अस्पतालले सुझाएको छ ।

तर, केसीले भने आफू ठीक रहेको भन्दै बाहिर जान मानेका छैनन् । अनशनको पाँचौं दिन गएको शुक्रबार स्वास्थ्यमा समस्या आएपछि केसीलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो ।

केसीको पिसाबमा ‘क्रियटिनिन’ बढेको र चिनीको मात्रा घटेको जनाइएको छ । यस्तै, शरीरमा पानीको मात्रा घटेको र कमजोर हुँदै गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए ।

डडेल्धुरा अस्पतालमा ‘आइसीयु’ नहुँदा चिकित्सकलाई थप समस्या परेको हो । डडेल्धुरामा गएको सोमबारदेखि अनशन सुरु गरेका डा. केसीको अनशनको आज सोमबार आठौं दिन हो ।

डा. केसीको समर्थन तथा जीवनरक्षाको माग गर्दै ऐक्यबद्धता व्यक्त गर्नेहरुसमेत बढ्दै गएका छन् । केसीले सातबुँदे मागसहित अनशन सुरु गरेका हुन् ।

    सम्बन्धित समाचार...