१४ बैशाख २०८१, शुक्रबार

भारत्तोलन विश्व च्याम्पियन प्रतियोगितामा स्वर्ण पदक जिते रूप कार्कीले

rup karki

रूपन्देहीको तिलोत्तमाका रूप कार्कीले इन्टरनेसनल वर्ल्ड पावर लिफ्टिङ (भारत्तोलन) प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।आयरल्याण्डको लाइमरिकमा चार दिनसम्म सञ्चालित प्रतियोगितामा कार्कीले २ सय २० पौण्ड तौल समूहबाट स्वर्ण पदक जितेका हुन् ।

प्रतियोगितामा विश्वभरका दुई सय बढी देशबाट ७ सय बढी सहभागी थिए । कार्कीले आफनो तौल समूहका प्रतिस्पर्धीलाई पछि पार्दै विश्व च्याम्यिपयन बनेका हुन् ।

कार्कीले यसअघि सन् २०१७ मा अमेरिकाको एट्लान्टामा भएको फस्र्ट मास्टर इन्टरनेसनल पावरलिफ्टिङ प्रतियोगितामा पनि विश्व च्याम्पियन बन्दै स्वर्ण पदक जितेका थिए । नेपालको खेल इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली खेलाडी भएको कार्कीको दाबी छ ।

अमेरिकामा बसोबास गर्दै आइरहेका उनले त्यहाँको राष्ट्रिय स्तरको प्रतियोगितामा झण्डै दर्जन खेलमा स्वर्ण पदक जित्दै च्याम्पियन बनेका छन् ।

कार्की ड्रग टेस्टेड (शक्तिबद्र्धक औषधि नखाने) खेलाडी हुन् । सन् २००९ देखि भारत्तोलनको अभ्यास सुरु गरेका कार्की सन् २०१२ देखि पूर्ण रूपमा भारत्तोलन खेलमा सक्रिय छन् ।

कार्कीले केही वर्षपछि नेपाल फर्केर भारत्तोलन खेलमा बाँकी जीवन बिताउने बताए । बागलुङ जिल्लाको गल्कोटमा जन्मेका कार्की बसाइँ सरेर रूपन्देहीको तिलोत्तमा –६, कुन्जलापुरमा आएका हुन् ।

    सम्बन्धित समाचार...