७ बैशाख २०८१, शुक्रबार

फेसबुक लाइभका दौरान प्रहरीले प्रदर्शनकारीमाथि गोली चलायो (भिडियो सहित)

76ccac108da8421e8753c0454372e313 18

हङकङ प्रहरीले सोमबार बिहान एक प्रदर्शनकारीमाथि गोली प्रहार गरेको छ ।

फेसबुकमा प्रत्यक्ष प्रशारण भएको उक्त घटनामा प्रहरी अधिकारीले आफूसँग भएको पेस्तोल निकालेर एक प्रदर्शनकारीलाई समात्दै गरेको देख्न सकिन्छ ।

प्रदर्शनकारीलाई नियन्त्रण लिने क्रममा एक अर्का प्रदर्शनकारी प्रहरी नजिक आइपुग्छन् जसमाथि ती अधिकारीले गोली प्रहार गर्छन् । गोली लाग्ने बित्तिकै मुखमा कालो मास्क लगाएका ती प्रदर्शनकारी भुइँमा ढल्छन् ।

प्रदर्शनकारीसँग रस्साकस्सी चलिरहेकै बेला प्रहरीले थप दुई राउन्ड गोली प्रहार गर्छन् । तर, त्यो गोली कसैलाई लागेको कि लागेन भन्ने यकिन हुन सकेको छैन ।


बीबीसीसँग कुरा गर्दै अस्पतालका प्रवक्ताले गोली लागेका प्रदर्शनकारीको अपरेशन गरिएको र उनको अवस्था नाजुक रहेको जानकारी दिएका छन् ।

यद्यपि, ती प्रवक्ताले अन्य व्यक्तिलाई गोली लागेको आफ्नो जानकारीमा नआएको बताए । गत जुनदेखि हङकङमा शुरु भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको यो तेस्रो पटक हो ।

पहिलो पटक अक्टोबार १ प्रहरीले गोली प्रदर्शनकारीमाथि गोली चलाएको थियो । त्यसपछि अक्टोबर ४ मा दोस्रो पटक गोली प्रहारको घटना बाहिर आएको थियो ।

साइ वान होमा प्रदर्शनकारीले सडक अवरुद्ध गर्ने क्रममा सोमबारको घटना भएको हो । प्रदर्शनकारीले सडकलाई अवरुद्ध गर्दा लामो ट्राफिक जाम भएको थियो भने रेलवे सेवा पनि अवरुद्ध बनेको थियो । यातायातको समस्याका कारण विभिन्न विश्वविद्यालयहरुले आफ्नो पठनपाठन पनि स्थगित गर्नुपरेको थियो ।

गत शुक्रबार प्रहरीको अश्रुग्याँसबाट बच्ने क्रममा लडेर एक प्रदर्शनकारीको मृत्यु भएपछि हङकङमा पुनः हिंसा चर्किएको छ । एजेन्सी 

    सम्बन्धित समाचार...