१८ बैशाख २०८१, मंगलवार

प्रहरीले कन्टेनर चालकलाई कुटपिट गरेको भिडियो भाइरल (भिडियो सहित)

Kutpit rasuwa police

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा नेपाल प्रहरीले सवारी चालकमाथि कुटपिट गरेको छ । मंगलबार साँझ साढे ५ बजेको समयमा उक्त घटना भएको हो। रसुवागढी नाकाभन्दा ४ किलोमिटर नजिक टिमुरेमा नेपाल प्रहरीले सवारी चालकमाथि कुटपिट गरेको हो ।

नेपाल प्रहरीका दुई व्यक्तिले जिल्लाको आमाछोदिङमो गाउँपालिका ३ गतलाङका श्रीमान तामाङलाई बिच सडकमा लछारपछार गर्दै कुटपिट गरेका हुन् ।

कुटपिट गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । चालक तामाङ ना ६ ख ४९२५ नम्बरको कन्टेनरका चालक हुन् । चीन सरकारले नेपाल सरकारलाई सहयोग गरेको सैन्य सहयोग अन्तर्गत रसुवागढी नाका हुँदै आएका सवारी साधनको ट्राफिक जाम हटाउन प्रहरीले केरुङ जाने कन्टेनरका चालकमाथि दिउँसै दुव्र्यवहार गरेको चालकहरुले बताएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रहरीले विज्ञप्ती निकालेको छ । सार्वजनिक भएको भिडियोका सन्दर्भमा चालकलाई नियन्त्रणमा लिने क्रममा खिचिएको भिडियोप्रति प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ ।

विज्ञप्तिमा घटनाबारे छानबिन गरि दोषी उपर कारवाही गरिने भनिएको छ भने कुटपिट गर्ने प्रहरीको नाम सार्वजनिक गरिएको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले जानकारी दिए । प्रहरीले चालक तामाङलाई छानबिनको लागि नियन्त्रणमा लिएको छ ।

प्रहरीले ज्यादती गरेको विरोधमा गए राति नै चालकले टिमुरेमा जुलुस प्रर्दशन गरेका थिए ।

लत ठाउँमा पार्किङ गरेको भन्दै नेपाल प्रहरीले सवारी चालकमाथि कुटपिट

लत ठाउँमा पार्किङ गरेको भन्दै नेपाल प्रहरीले सवारी चालकमाथि कुटपिट

Posted by Powernewsnepal.com on Wednesday, September 4, 2019