१८ बैशाख २०८१, मंगलवार

गणित बिषय नजानेको निहुँमा कुटपीट, बिद्यार्थी बेहोस

68303694 635078803650415 1198592116658274304 n

प्रअको कुटाईबाट गणेश माबिका बिद्यार्थी घाईते

बागलुङ  विद्यालयका प्रधानाध्यापकको कुटाईबाट बागलुङको गणेश माबिमा पढ्ने एक छात्र घाईते भएका छन् । बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थामा रहेको गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट बाट कक्षा १० मा अध्ययनरत १६ बर्षिया कुशल पौडेल घाईते भएका हुन् ।

पौडेलको अगाडिको उपल्लो दाँत खसेको कुशलका बाबु प्रेमप्रसाद शर्मा पौडेलले जानकारी दिए । अतिरिक्त गणित बिषय पढाउने प्रअ गौतमले कुशलले नजानेको निहुँमा कुटपीट गरेका थिए । पौडेलले बिद्यार्थी बेहोस हुने बेला सम्म कुटपिट गरेको शर्माले गुनासो गरे । बेहोस भएकोले कति कुटपिट गरे भन्ने समेत थाहा नपाएको पिडितले घरमा पुगेर बताएका थिए ।

‘साथीहरुले भनेको सुन्दा धेरैबेर कुटपीट गरेपछि उ बेहोस भएको थियो’ पौडेलले भने ‘उपल्लो दाँत खसेकाले त्यहिँका शिक्षकहरुले खवर गरेपछि हामी पुगेर निकालेर ल्याएका हौं ।’ पिडितकी आमा स्वास्थ्यकर्मी भएकाले घरमै उपचार गरेर राखिएको छ । जिल्ला सदरमुकामा रहेको चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलमा कक्षा ७ सम्म अध्ययन गरेका पौडेललाई राम्रो पढाई भएको भन्दै कक्षा ८ मा गणेश मावि लगिएको थियो । बाबु प्रेम प्रसाद शर्मा पौडेल पनि शिक्षण पेशामा छन् ।

‘पठपाठन राम्रो हुन्छ भनेर गणेश माविमा पठाईयो’ पौडेलले भने ‘म पनि शिक्षक हो, विद्यार्थीलाई कुटपीट गर्न पाईंदैन ।’ उनले शिक्षक बिरुद्ध कानुनी उपचार खोज्ने बताए । पिडित कुशल खेलाडी समेत हुन् । शारिरीक रुपमा स्वस्थ्य भएकोले सामान्य चोटबाट उनी पिडित नहुनुपर्ने पौडेलले बताए ।

विद्यालयमा कुटपिट भएको बिषयमा बिद्यालय व्यवस्थापन समिति र प्रद्यानाध्यापक स्वयंलाई समेत सम्पर्क गर्न खोज्दा सम्पर्क भएन् । सोही विद्यालयका एक शिक्षकले भने कुटपिट भएको बताए । संयोगले बिद्यार्थीको दाँत झरेकाले घटनाले ठुलो रुप लिएको उनले बताए ।

    सम्बन्धित समाचार...