१५ चैत्र २०८०, बिहीबार

ग्यासको मूल्य घट्यो, डिजेल र पेट्रोलको बढ्यो

Nepal Oil Corporation

नेपाल आयल निगमले मंगलवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले पेट्रोल तथा डिजेल/मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर १ रुपैयाँ, र ५० पैसाले वृद्धि हुने जानकारी दिए । एलपी ग्यासमा भने २५ रुपैयाँ घटाएको गोइतले बताए ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ पुगेको छ ।

डिजेल र मटितेलको ९७ रुपैयाँ भएको छ । मूल्य घटेपछि एक सिलिन्डर ग्यासको लागि १ हजार ३७५ रुपैयाँ तिर्नुपर्ने छ ।

हवाई ईन्धनको विक्री मूल्य भने यथावत राखिएको छ ।