१३ बैशाख २०८१, बिहीबार

६ सयलाई आत्महत्या गर्न उक्साउँने पुल (तस्विर सहित)

bridge6

संसारमा एउटा यस्तो पनि पुल छ जसले कुकुरलाई आत्महत्या गर्न उक्साउँछ । पुलले पहिला कुकुरहरूलाई आफूतिर खिँच्छ अनि उनीहरू त्यहाँ पुगेपछि ५० फीटमाथिबाट हाम्फाल्छन् । भाग्यवश कुकुर बाँच्यो भने पनि फेरि पुलमा चढ्छ र हाम्फाल्छ ।

स्कटल्यान्डको डम्बार्टननजिक मिल्टन गाउँको ओभरटन पुल सन् १९६० को दशकदेखि मानिसहरूका लागि रहस्य बनेको छ । अहिलेसम्म यहाँ करीब ६ सय कुकुरले आत्महत्या गरिसकेका छन् ।

 

1 ThAiQWlWzKwYuwWGAqhImQ maxresdefault e1565603613295

कुकुरको आत्महत्यामाथि विचार गरेर स्थानीयहरूले चेतावनीयुक्त बोर्ड पनि पुलमा लगाए । अनि अचम्मको कुरा कुकुरहरू पुल एक निश्चित ठाउँबाट नै हाम्फालेर मर्छन् । केही मानिस पुलमा दुरात्माहरूको छायाँ भएको मान्छन् ।

मानिसका अनुसार, एक व्यक्तिले ओभरटन पुलबाट आफ्नो बच्चा तल फ्याँकेको थियो । त्यो बच्चा एन्टीक्राइस्ट भएको अनि बच्चा फ्याँकेको केही महिनापछि उक्त व्यक्तिले पनि आत्महत्या गरेको उनीहरू मान्छन् ।

अर्काथरी चाहिँ यहाँ जिउँदो र मृत मानिसको संसारको मिलन भएको र दुवैतिरका शक्तिहरू क्रस हुने बताउँछन् ।
कुकुरहरूले मानिसले नदेख्ने कुरालाई राम्ररी अनुभव गर्छन् । यी सबै घटनाका कारण पुलमा बोर्ड टाँगेर कुकुरहरूलाई सावधान रहन आग्रह गरिएको छ ।

DcsImRdXkAEeY8T
एजेन्सी

    सम्बन्धित समाचार...