एक हजार नाघ्यो काठमाडौं उपत्यकामा कोरोना संक्रमित संख्या
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ।
स्वास्थ्य मन्त्रालयको शनिबारसम्मको तथ्यांक अनुसार उपत्यकामा संक्रमित संख्या एक हजार १३६ पुगेको छ।
तीमध्ये काठमाडौंका ९१०, ललितपुरका १३९ र भक्तपुरका ८५ जना छन्।
पछिल्लो समय उपत्यकामा संक्रमणको जोखिम बढेसँगै संक्रमितहरू थपिने क्रम बढ्दो छ। उपत्यकामा अहिलेसम्म एकैदिन १ सय ६ जना सम्म संक्रमित भेटिएका छन्। भेटिएका संक्रमितहरू राष्ट्रिय प्रयोगशाला टेकु, शुक्रराज ट्रपिकल टेकु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, स्टार अस्पताल ललितपुर, शिक्षण अस्ताल महाराजगञ्ज, पाटन अस्पताल र कोरिया नेपाल मैत्री अस्पताल भक्तपुरमा भेटिएका हुन् ।
अहिले उपत्यकामा संक्रमित भेटिएका ठाउँहरूलाई सिल गर्ने काम भइरहेको छ।
देशभर भने कोरोना संक्रमितको संख्या २२ हजार ९७२ छ। जसमा ६ हजार ५४४ जना सक्रिय संक्रमित छन् भने ७५ जनाको मृत्यु भएको छ।