काठमाडौंमा ५ महिला र ५ पुरुष गरी १० संक्रमित, संक्रमित संख्या चौध हजार पुग्यो, कोरोना संक्रमणका कारण थप एकको निधन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रीफिङमा अनुसार बुधवार नेपालमा ४८२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्य ३६५ पुरुष र ११७ जना महिला रहेका छन ।
थपिएका मध्ये काठमाडौंका ५ पुरुष र ५ महिला रहेका छन । त्यसैगरि ललितपुरमा २ पुरुष र ३ महिलामा संक्रमण देखिएको छ भने भक्तपुरमा १ महिला र १ पुरुषमा संक्रमण देखिएको हो ।
थपिएका नयाँ संक्रमितसँगै संक्रमितको सङ्ख्या १४,०४६ पुगेको छ । त्यसमध्ये १२,२७२ पुरुष र १,७७४ जना महिला रहेका छन ।
हालसम्म डिस्चार्ज हुनेको संख्या ४,६५६ जना पुगेको छ ।
बितेको २४ घण्टामा कोरोना भाइरस ‘कोभिड–१९’ संक्रमणका कारण थप एक व्यक्तीको निधन भएको छ । अछाम जिल्ला, रामरोशन गाँउपालिका वडा-५ का ४५ वर्षिय पुरुषलाई असार १३ गते एक्कासी श्वास प्रश्वासमा समस्या आएपछी वयलपाटा अस्पताल लागिएको मा १४ गते निधन भएको हो ।
मधुमेहका बिरामी उनको निधन भएको भोलीपल्ट स्वाब संकलन गरिएकोमा कोरोना संक्रमण पुष्टी भएको हो ।
यो सँगै कोरोनाको कारण निधन हुनेको संख्या ३० पुगेको छ ।