१३ बैशाख २०८१, बिहीबार

रेवत र मेलीनाकाे ‘याे हाम्राे नाता’ सार्वजनिक

yo hamro naata

चर्चित गायीका मेलीना राई र गायक रेवत राईको युगल स्वरमा ‘याे हाम्राे नाता’ बाेलकाे गीत सार्वजनिक भएकाे छ । अलग उपहार एल्बममा समाबेश रहेकाे यस गीतमा हेम कुमार राइकाे शब्द, महेश खडकाकाे संगीत र दिनेश सुनामकाे एरेन्ज रहेकाे छ ।

राजधानीस्थित स्टुडीयो आवरमा रेकर्ड गरिएको यस गीतकाे म्यूजिक भिडियोको पनि चाँडै निर्माण कार्य थाल्ने बताइएकाे छ । यसअघि रेवत र मेलीनाकाे जाेडिले ‘पग्लिजान्छ हिमाल’, ‘आपाकाे छोरी’, ‘अलिकति पिरतिकाे नशा’, ‘तिम्राे घरकाे’, ‘तिमी मेराे जिन्दगी’ काे लगायत चर्चित गीतहरु गाइसकेका छन ।