
‘राई ईज किग’ नामले परिचित गायक राजेशपयल राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।
‘जुरेकाे लगन आजै’ बोलको गीतमा विकास संगम राईको शब्द , विक्रम राईको संगीत , विषम आचार्यको एरेन्ज र राजु कार्कीको मिक्स मास्टरिङ्ग रहेको छ ।
‘लेखेको भावी मेटिँदैन’ बोलको गीतको सफलता पछि त्यसैको सिक्वेलकाे रूपमा तयार पारिएको यस सार्वजनिक भिडियोमा एलिशा राई उत्तम राईको अभिनय रहेको छ ।
त्यस्तै भिडियोको नृत्य निर्देशकमा दिप सिके , डिओपिमा ईश्वर सिन्केमाना छायाङ्कनमा हिमाल श्रेष्ठ , सम्पादनमा सन्देश शाह र निर्देशन सौरभ लामाको रहेको छ ।
उत्तम राई अफिसियल च्यानलमा मार्फत सार्वजनिक गरिएको भिडियोलाई काठमाडाैकाे साँखु नारारायणटार र भक्तपुरको पर्यटकीय स्थल नगरकोट लगायतकाले ठाउँमा छायाङ्कन गरिएको हो ।