२३ बैशाख २०८२, मंगलवार

तोसिमाको बचाउमा ओलीः ‘अभिव्यक्ति तोडमोड गरियो’

tosima

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य तोसिमा कार्कीको अभिव्यक्तिलाई तोड्मोड गरेर बाहिर ल्याइएको भन्दै आपत्ति जनाएका छन् ।

भानु जयन्तीको अवसरमा अनेमसंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको समाज सामाजिक मूल्यबाट स्खलित भएको बताएका हुन् । अहिले समाजमा एउटा पक्षले परपीडक, असत्यमा आधारित र दुष्टतापूर्ण तरिका अवलम्बन गरिरहेको उनको दाबी छ ।

‘अहिले नेपाली समाजको एउटा पक्ष परपीडक, असत्यमा आधारित र दुष्टतापूर्ण तरिका अवलम्बन गरी सामाजिक मूल्यबाट स्खलित भएको छ । त्यो चिन्ताको विषय छ । आजको सांस्कृतिक हिसाबले ओरालो नलागोस् समाज भनेर हामी सबै सर्तक हुनुपर्ने अवस्था छ,’– ओलीले भने ।

रास्वपा नेतृ तोसिमाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन हुँदा दिएको अभिव्यक्ति विवादित बनेको थियो ।

    सम्बन्धित समाचार...