८ जेष्ठ २०८१, मंगलवार

विपिनलाई कमलामाईको अवतारमा देखाउँदै ‘एक भगवत् गीता’को टिजर सार्वजनिक

bipin karki2

फिल्म ‘भगवत् गीता’ शीर्षकको अगाडि ‘एक’ शब्द थप्दै टिजर सार्वजनिक गरिएको छ ।

सुनिल कुमार थापाको निर्माण तथा अभिनेत्री झरना थापाको चौंथो निर्देशनमा बनेको फिल्मको टिजरमा प्रमुख कलाकारहरूलाई समेट्दै तयार पारिएको टिजरमा मिथिला क्षेत्रका घटनालाई समेटेको छ । टिजरका दृश्यमा सामाजिक द्वन्द्वका दृश्यलाई प्रमुख स्थान दिईएको छ ।

सार्वजनिक १ मिनेट ३२ सेकेण्डको टिजरमा अभिनेता विपिन कार्कीको लुक्स र भूमिकाले ‘सरप्राइज’ बनाउन सक्छ । ट्रान्सजेन्डर महिलाको भूमिकामा उनी प्रस्तुत छन् । विपिनलाई कमलामाईको अवतारमा प्रस्तुत गरिएको छ ।

टिजर जनकपुरधामस्थित जानकी मन्दिरबाट सुरु छ । अभिनेत्री सुहाना थापा डराएको भावमा देखिएकी छन् भने अभिनेता धिरज मगर गुरुङ परिहनमा प्रस्तुत छन् । उनीहरुले कम ‘स्क्रिन स्पेश’ पाएको टिजरमा विपिन कार्की हाइलाइटमा छन् । वेश्यालयको कथालाई फिल्मले उठाएको हुनसक्ने टिजरबाट बुझाउँछ ।

फिल्मको टिजर आम मानिसहरुले सोचेको भन्दै विल्कुलै फरक देखिएको छ । जसकाकारण, विपिनको लुक्सले नै फिल्मप्रति दर्शकमा कौतुहलता बढ्ने देखिएको छ । फिल्ममा विपिन कार्कीको साथमा नायिका सुहाना थापा, नायक धिरज मगर, कलाकार कविर खड्का लगायतको अभिनय छ । साथमा जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरलगायतको पनि अभिनय छ ।

यसअघि नायिका सुहानाले निभाएको पात्रको परिचयात्मक भिडियो सहितको टिजरमा यो फिल्मको नाम ‘भगवत् गीता’ मात्र राखिएको थियो । नयाँ मिति सहितको टिजरमा भने यो फिल्मको नाम ‘एक भगवत् गीता’ राखिएको छ । यस बिषयमा निर्माता सुनिल कुमार थापाले कसैको धार्मिक भावनामा ठेस नपुगोस् भन्ने उद्देश्यले नाम परिवर्तन गरिएको बताए । झरनालाई ‘ए’ शब्द फापेको छ । उनी निर्देशित ‘ए मेरो हजुर’का तीनटै सिरिज सफल भएका थिए । यसैले उनले ‘भगवत् गीता’मा पनि ‘ए’ शब्द राखेकी हुन् ।

यो फिल्ममा झरना थापाको कथा रहेको छ भने झरनासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुंगेल र कृष्णको पटकथा रहेको छ । परिच्छेद र पुरुषोत्तमले संवाद लेखेका छन् । हर्कुलस बस्नेत, आशिष अविरल र प्रवेश मल्लिकको संगीत रहेको छ । डिओपी राजेश श्रेष्ठ, सम्पादक मित्र डि. गुरुङ्, एक्शन हिमाल केसी, कोरियोग्राफी कबिराज गहतराज, , , ब्याकग्राउण्ड स्को शैलेश श्रेष्ठ,

राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, उत्तम न्यौपानेको साउण्ड, राजेन्द्र मोक्तानको कलर र शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर र अनुपम गौतमको भिएफएक्स रहेको छ । यो फिल्म भदौ २९ गते हलमा रिलिज हुँदैछ ।

    सम्बन्धित समाचार...