१८ बैशाख २०८१, मंगलवार

युक्रेनलाई फाइटर जेट दिने अमेरिकाको घोषणा

fighter plane

रुसविरुद्धको लडाइँमा अमेरिकाले युक्रेनलाई गरिरहेको सहयोगमा निरन्तरता दिदैँ फाइटर जेट दिने र एफ सिक्सटिन जस्ता फाइटर जेट उडाउन युक्रेनी पाइलटलाई प्रशिक्षण दिने बताएको छ ।

जपानमा भइरहेको ७ शक्तिशाली मुलुकहरुको सम्मेलन जी सेभेन समिटमा बोल्दै एक उच्च पधादीकारीले उक्त निर्णयको घोषणा गरेका थिए । केही महिनादेखि फाइटर जेट्सको माग गर्दै आएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले यस घोषणालाई ऐतिहासिक निर्णय भनेका छन् र फाइटर जेटले युक्रेनको सैन्य क्षमतामा ठूलो योगदान पुग्ने बताएका छन् ।

अमेरिकाको यस निर्णयले अन्य देशलाई पनि युक्रेनलाई एफ सिक्सटिन फाइटर जेट्स निर्यात गर्ने बाटो खुलेको छ । कानुनी रुपमा अमेरिकाको सहमति बिना मित्र राष्ट्रहरुले अन्य राष्ट्रलाई फाइटर जेट्स दिन मिल्दैन । यस निर्णयको कार्यान्वयनको पाटो कस्तो हुन्छ भन्ने बारे जेलेन्सकीले हिरोसिमामा भइरहेको जी सेभेन समिटमा छलफल गर्ने बताएका छन् । जेलेन्सीकले केही दिनमा अमेरिकी राष्ट्रपति जो बाइडनलाई भेट्ने बताइएको छ ।

यसैबीच साउदी अरबीयामा हिजो भएकोे अरब लिग समिटमा सहभागी हुन अघि जेलेन्सीकले केही अरबी मुलुकले युक्रेनमा भइरहेको युद्धलाई बेवास्ता गरेको बताएका थिए । साउदी अरबीयाले मानवीय सहायता स्वरुप करिब ४०० मिलियन डलर युक्रेनलाई दिने प्रतिज्ञा व्यक्त गरेपनि मस्कोसँगको सम्बन्धलाई कायम राखेको जेलेन्सकीको ओरोप छ ।

साउदी राजकुमार मोहम्मद बिन सलमानले समटिमा बोल्दै साउदी रुस र युक्रेन युद्ध अन्त्यको लागि मध्यस्तता गर्न तयार रहेको बताए । केही दिन यता जेलेन्सकीले इटली, जर्मनी, फ्रान्स र बेलायत जस्ता राष्ट्रको भ्रमण गर्दै सैन्य सहायताको माग राख्दै आएका छन् । जी सेभेन समिटमा पनि जेलेन्सकीले जपानी प्रधानमन्त्री फुमियो किसीदा र भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीसँग सहयोगको माग गर्ने अपेक्षा गरिएको छ ।

    सम्बन्धित समाचार...