६ बैशाख २०८१, बिहीबार

भारतीय रिजर्व बैंकले चलन चल्तीमा रहेका दुई हजारको नोट नचलाउने

IC 2000

भारतीय रिजर्व बैंकले चलन चल्तीमा रहेको दुई हजारको नोटलाई बजारबाट हटाउने निर्णय गरेको छ । तर, नोटलाई अमान्य भने घोषित गरिएको छैन ।

बैंकले शुक्रबार जारी गरेको सूचनामा बजारमा रहेको दुई हजारको नोटलाई बैंकमा साट्न वा जम्मा गराउन भनिएको छ । देशैभरको कुनैपनि बैंकमा गएर नोटलाई साट्न पाउने भनिएको छ । त्यसका लागि २३ मेदेखि ३० सेप्टेम्बरसम्मको समय दिइएको छ । यस अवधिमा आफूसँग भएको दुई हजारको नोट बैंकमा जम्मा गरिसक्नुपर्ने छ । एक पटकमा १० वटा दुई हजारको नोट अर्थात् २० हजार रुपैयाँ मात्रै साट्न पाइने व्यवस्था गरिएको छ ।

रिजर्व बैंकले सन् २०१६ मा दुई हजारको नोट जारी गरेको थियो । ८ नोभेम्बर २०१६ को रात्रिबाट ५ सय र हजारको नोटमाथि प्रतिबन्ध लगाइएपछि दुई हजारको नोट ल्याइएको थियो ।

२०१८–१९ पछि उक्त नोट छाप्न बन्द गरिएको थियो । मिडिया रिपोर्टका अनुसार बजारमा केही समययता दुई हजारको नोटको अभाव देखिन थालिएको थियो । कालाधन राख्नेहरुले बैंकमा पैसा नराखेर बाहिरै दुई हजारको नोट जम्मा गरेर राखेको आशंका छ ।

    सम्बन्धित समाचार...