६ बैशाख २०८१, बिहीबार

आर्थिक मन्दीतिर देश, व्यवसायीहरु विदेश पलायन हुन थाले !

satar

देश अहिले चरम आर्थिक समस्याको चपेटामा परेको छ । तरलताको अभाव तथा उच्च व्याजदरका कारण व्यवसाय ठप्प भएको छ । व्यवसायीहरु विदेश पलायन हुन थालेका छन् । जसले गर्दा राजधानी काठमाडौंकै मुख्य चोकका सटर तथा घरहरु खाली हुन थालेका छन् ।

काठमाडौको चक्रपथ वरिपरिका स्थान, चाबहिल ,गौशला, बालुवाटार ,लाजिम्पाट तथा लैनचौरका धेरैजसो सटर तथा घरहरु लगायत अन्य स्थानमा पुरै खाली भएको देखिन्छ । विभिन्न व्यवसाय गरेर बसिरहेका व्यापारीहरु व्यावसाय नफस्टाएका कारण व्यवसाय बन्द गरेर हिड्न बाध्य भएका छन् । बढ्दो महगी र देशमा छाएको मन्दिका कारण व्यवसायीहरु यस्तो कदम चाल्न बाध्य भएका छन् । मानिसहरुको चहलपहल धेरै हुने यस्ता ठाँउहरुमा नै अहिले सटरहरुमा ताल्चा लगाएको र अझै तिनिहरुमा खिया समेत लागेको देखिन्छ । बन्द सटरहरुमा सटर भाडामा र भाडाका लागि खाली रहेका सूचना टाँसिएको छ । सूचनामा घरबेटिको नम्बर पनि राखिएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा पसल बेच्ने र पसल नै बन्द गरेर सम्पर्क विहीन हुनेहरुको संख्या बढ्दै गएको छ । विगतमा यस्ता पसल र सटरहरु लाखौं रुपैयाँ लिएर किनबेच हुने गर्थे भने हाल पसल किन्ने मान्छे नपाउँदा व्यवसाय छाड्नेहरुले त्यत्तिकै खाली गरेर हिँडिरहेका छन् । मुख्य व्यापारिक केन्द्र रहेको काठमाडौको असन बजारका व्यवासायी व्यापार नहुँदा निराश देखिन्छन् । व्यापारीहरु बजारमा पैसा नभएको र पहिलाको तुलनामा ग्राहक आउने क्रम समेत घटेको बताउँछन् । ग्राहकको संख्यामा कमी आएपछि व्यवसायीहरुले विभिन्न अफर समेत सार्वजनिक गर्ने गरेका छन् । तरपनि पहिलोजस्तो चहलपहल अहिले छैन । ग्राहकलाई कम नाफा राखेर सामान बेचेको भएपनि ग्राहकको संख्या भने नबढेको व्यवसायीहरु बताउँछन् ।

व्यवसायीहरुका अनुसार २०७६ सालादेखिनै समस्या देखिएको थियो । तर त्यो बेला कसैको ध्यानाकर्षणको विषय बन्न सकेन । बढ्दो महगंी र आर्थिक संकटले गर्दा राजधानीसहितका शहरका चोकका सटरहरु नै खाली हुने अबस्थामा पुगेको विज्ञहरु बताउँछन् । समयमै ध्यान नदिए आर्थिक संकट यो भन्दा अझ बढि देखा पर्ने अर्थविद डाक्टर चन्द्रमणी अधिकारीको भनाई छ ।

एकातिर महँगी अर्कातिर व्यवसायमा आएको मन्दीका कारण ग्राहकले अत्यावश्यक बस्तुबाहेका अन्य बस्तु खरिद गर्न सकिरहेका छैनन् । यसको असर समग्र अर्थतन्त्रमा देखिएको छ ।

    सम्बन्धित समाचार...