
नेपालमा दुई महिनापछि कोरोना संक्रमणबाट एक जनाको निधन भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमणबाट थप एक जनाको निधन भएको हो ।
गत कात्तिक ७ गते यता नेपालमा कोरोना संक्रमणबाट निधन भएको यो पहिलो घटना हो ।
नेपालमा हालसम्म कोरोनाबाट निधन हुनेको संख्या १२ हजार २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा तीन जनामा संक्रमण देखिएको छ । ५ सय ५५ वटा नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर २१ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार १२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।