सात दलीय सत्ता गठबन्धनले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार पारेका छन् ।
१९ बुँदामा समेटिएको कार्यक्रमको मस्यौदा केपी ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई आजै बुझाइँदै छ ।
दलहरुले तयार पारेको कार्यक्रमको मस्यौदामा १९ बुँदा छन् । सरकारले पूर्णता पाएको एक महिनामा नागरिकता नपाउने अवस्थाको अन्त्य गर्ने र एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने भनिएको छ ।
त्यस्तै, नीतिगत र संरचनागत सुधारमा विभिन्न ऐनहरु संशोधन गर्ने भनिएको छ । भ्रष्टाचार अन्त्यका लागि अख्तियारलाई सबल बनाउने र प्रशासनिक सुधार गर्ने कार्यक्रममा उल्लेख छ ।
कार्यक्रमको पाँचौँ बुँदामा मेक इन नेपाल नाराका साथ काम रोजगारी, उद्यमशीलता र स्वदेशी उत्पादनमा जोड दिने भनिएको छ ।
हेर्नुहोस् पूर्णपाठ