फाइल फोटो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
संघीय सांसदहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सफल सरकार बनाएर एमालेले राजनीतिक नेतृत्व गर्ने बताउनुभएको हो ।
उहाँले पुस २६ गते सरकारले विश्वासको मत प्राप्त गर्ने र यो सरकारले विश्वासको मत पाएपछि कांग्रेस पाँचै वर्ष प्रतिपक्षमा रहने दावी गर्नुभयो ।
कांग्रेसले विगतमा जस्तै फेरि पनि च्याँखे थाप्न सक्ने भन्दै ओलीले विभिन्न दलका नेतालाई प्रधानमन्त्रीको अफर गर्नुको संवैधानिक औचित्य नै नरहेको टिप्पणी गर्नुभयो ।
सरकार निर्माणमा छिमेकी देशले अनावश्यक चासो राखेको भन्दै अध्यक्षा ओलीले असन्तुष्टि समेत जनाउनुभएको थियो ।