२४ बैशाख २०८२, बुधबार

एसडी मुनीलाई गगन थापाको जवाफ

gaganthapa09th

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले भारतीय प्राध्यापक डा. सुकदेव मुनीलाई नेपालको निर्णय क्षमतामाथि अनावश्यक प्रश्न नगर्न चेतावनी दिएका छन् ।

भारतमा नेपालम मामिलाका जानकार मानिएका मुनीले नेपालको विभिद विषयमा टिकाटिप्पणी गर्दै आएका छन्। नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नयाँ नक्सा जारी गरेपछि मुनीले नेपालले एकपक्षीय रुपमा नयाँ नक्सा जारी गरेको टिप्पणी गरेसँगै थापाले मुनीलाई जवाफ फर्काएका हुन्।

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नयाँ जक्सा जारी गरेपछि मुनीले नेपालले एकपक्षीय रुपमा नयाँ नक्सा जारी गरेको टिप्पणी गरेपछि थापाले त्यसको जवाफमा यस्तो बताएका हुन् ।

मुनीको ट्विटमा जवाफ दिँदै पूर्वमन्त्री समेत रहेका थापाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग हो र यस सम्बन्धमा नेपाल सरकारले चालेको कदममा दृढ रुपमा उभिएको स्पष्ट पारेका छन् । तर, मुनीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय भाइरस भनेर गरेको टिप्पणीमा थापाले पनि प्रधानमन्त्री ओलीको यस सम्बन्धको अभिव्यक्तिलाई अवैज्ञानिक र आफूहरुपनि असहमत रहेको बताएका छन् ।

मुनीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएका कोरोना भाइरस कडा र चीनको भाइरस नरम भनेर गरेको टिप्पणीमा भने थापाले प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिलाई अवैज्ञानिक भएको उल्लेख गर्दै आफूहरुपनि सो कुरामा असहमत रहेको बताएका छन् ।

सीमाको सन्दर्भमा नेकाको धारणामा थप स्पष्ट हुन चाहनेले भारतीय टेलिभिजन च्यानल रिपब्लिक टीभीमा कांग्रेस नेता मिनेन्द्र रिजाल अन्तर्वार्ता हेर्न आग्रह गरेको ट्वीटमा थापाले प्रधानमन्त्रीको बोलीले कसरी नेपालीहरु अन्य बाहिरी मोर्चामा रक्षात्मक हुँदो रहेछन भनेर लेखेका हुन्।