१८ बैशाख २०८१, मंगलवार

इंग्लिस प्रिमियर लिग: चेल्सीको दाेस्राे हार

Chelsea Southampton

साउथ ह्याम्पटनसँग मंगलबार राति २-१ ले पराजित हुँदै चेल्सीले  इंग्लिस प्रिमियर लिग फुटबल २०२२/२३ मा दाेस्राे हार व्यहोरेको छ  

घरेलु टोली साउथह्याम्पटनको जितमा  रोमिओ लाभिया र एडम आर्म्सट्रोङले एक एक गोल गरे । यसअघि चेल्सीका रहिम ट्रर्लिङले खेलको २३औं मिनेटमा अग्रता लिएका थिए । 

जितसँगै साउथह्याम्पटन ५ खेलमा ७ अंक जोडेर सातौं स्थानमा छ । चेल्सी ७ अंक जोडेर आठौं स्थानमा  छ ।

यस्तै, अन्य खेलमा फुलहमले ब्राइटनलाई २-१ ले हरायो । क्रिस्टल प्यालेस र ब्रेन्टफोर्ड तथा  लिड्स युनाइटेड  र एभर्टनले १-१ गोलको बराबरी खेले ।

(यसअघि यस समाचारमा दाेस्राे हार हुनुपर्नेमा अन्यथा हुन गएकाेमा क्षमायाचनासहित सच्याइएकाे छ ।