६ जेष्ठ २०८१, आईतवार

बाबु-आमाको मायामा बाधक बनेको भन्दै भाइ-बुहारीको हत्या

Capture 10

माया नपाउँदा व्यक्ति कतिसम्म हिंस्रक बन्छ भन्ने उदाहरण बाँकेमा देखिएको छ । बाबु-आमाको मायामा बाधक बनेको भन्दै आफ्नै सहोदर भाइ-बुहारीको हत्या भएको छ । प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरी मुद्दा अघि बढाएको छ ।

अपेक्षा गरे जस्तो माया नपाउादा  मानिस जघन्य अपराध गर्नसमेत पछि पर्दो रहेनछ भन्ने ताजा उदाहरण बनेका छन्- बााकेको कोहलपुर नगरपालिका-१४ पार्वतीपुरका विजय गढरिया ।

 विजय र कृष्णकुमार एउटै कोखका सन्तान हुन । तर पछिल्लो समयमा बाबु-आमाले कान्छो छोरा र बुहारीलाई मात्रै धेरै माया गर्दा आफू मायाबाट बन्चित हुनु परेको भन्दै विजय र उनकी पत्नी रेखाले भाइ कृष्णकुमार  र बुहारी अन्जलीलाई योजनाबद्धरुपमा  घर भित्रै हत्या गरेको दाबी प्रहरीले गरेको छ ।

नेपालगन्ज-कोहलपुरको राजमार्ग छेउमा सानो होटल चलाउादै आएका २५ वषिर्य कृष्णकुमार र २३ वषिर्य पत्नी अन्जलीलाई नेपालगन्ज उपमहानगरपालिका सकिल अलि शेष र राजन सोनकरलाई २५-२५ हजार रुपैयाा सुपारी दिएर हत्या गर्न लगाएको अभियुक्तहरुले बयान दिएका छन्  ।

मंगलबार राति नेपालगन्जबाट करिब १० किलोमिटर उत्तरमा पर्ने यो  घरमा भाइ बुहारीको हत्या हुादा दाजु भाउजु भने थाहै नपाए झैं माथिल्लो तलामा सुतेका थिए ।

बिहान स्थानीय चेतनारायण यादवमार्फत् खवर पाएपछि कोहलपुर इलाका प्रहरी र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो । माया नपाएको झोंकमा भाइ-बुहारीको हत्या गरिएको घटनालाई गृह प्रशासनले गम्भीर रुपमा लिएको छ । 

प्रहरीले हत्यामा संलग्न विजय र रेखालाई तत्कालै नियन्त्रणमा लिएको थियो भने फरार दुई जनालाई पनि २४ घण्टाभित्रै पक्राउ गर्न सफल भएको छ ।

बाबु आमा धार्मिक यात्राका लागि भारत गएको मौकामा दाजु भाउजुले भाइ बुहारीको हत्या गर्न लगाएका हुन् । तर यो घटना मायासाग मात्र जोडिएको छ वा यसभित्र अरु पनि केही रहस्य छ भन्ने चाहिा अनुसन्धानपछि मात्र खुल्ने छ ।

Capture 1 1