१८ बैशाख २०८१, मंगलवार

अहिलेको शासन प्रणालीले देश दुर्घटनातर्फ जाने राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी

rajendra ligden 1
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको शासन प्रणालीले देश दुर्घटनातर्फ जाने चेतावनी दिएका छन् । उनले राजनीतिक प्रणालीमै परिवर्तन गर्नुपर्ने बताए ।

काठमाण्डौमा आयोजित कायक्रममा लिङदेनले सत्ता स्वार्थका लागि अहिलेका दलहरु देशद्रोह गर्न पनि पछि नपर्ने गरेको आरोप लगाए ।

देशलाई कमजोर पार्ने र शक्ति राष्ट्रहरुको क्रिडास्थलमा परिणत गर्ने काम भइरहेको उनको आरोप छ । उनले अहिलेको व्यवस्था असफलता तर्फ उन्मुख रहेकोले देशलाई राजतन्त्रमै फर्काउनुपर्ने बताए ।