८ बैशाख २०८१, शनिबार

ओमानमा आप्रवासी श्रमिकलाई २०७ प्रकारका काम गर्न प्रतिबन्ध

working in oman

ओमान सरकारले वैदेशिक रोजगारका लागि नयाँ नियम लागू गर्ने भएको छ । ओमान सरकारले दुई सयभन्दा बढी कामका लागि विदेशी श्रमिकलाई काममा नलगाउने घोषणा गरेको हो ।

ओमानले आप्रवासी श्रमिकलाई दुई सय सात प्रकारका काम गर्न प्रतिबन्ध लगाएको हो । ओमानले सुरक्षा गार्ड, अपरेटर, ग्रोसरी, कार र बस ड्राइभर, सेल्समेन, स्टोर सुपरभाइजर, म्यानेजरलगायत काममा विदेशी श्रमिक भर्ती नगर्ने भएको हो ।

देशभित्र रोजगारीको क्षेत्रलाई ओमानलाई प्राथमिकतामा राख्ने नीति अनुसार ओमानको श्रम तथा नीतिगत मन्त्रालयले नयाँ नियम लागू गर्न लागेको हो ।

सन् २०२२ मा आफ्ना ३५ हजार नागरिकलाई जागिर दिने लक्ष्य पनि ओमानको छ । नयाँ भर्ती र आप्रवासीले गर्दै आएका काम आफ्ना नागरिकलाई दिने योजना उसको छ ।

यसअघि ओमानले सन् २०१८ मा पनि १० क्षेत्रका ८७ प्रकारका कामका लागि आप्रवासी श्रमिक ल्याउन प्रतिबन्ध लगाएको थियो ।

ओमानको पछिल्लो निर्णयले नेपालबाट ओमान जाने कामदार प्रभावित हुने देखिएको छ । ओमानमा बर्षेनी सात हजार नेपाली श्रमिकले रोजगार पाउदै आएको श्रम मन्त्रालयले जनाएको छ ।