१८ बैशाख २०८१, मंगलवार

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

niti tatha karyam bhandari

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार ल्याएको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा रकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकी हुन् ।

सरकारले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रममा सरकारले देशलाई कोरोना भाइरस महामारीमुक्त बनाउने विषयलाई पहिलो प्राथमिकतामा राखेको छ ।

सरकारले नीति तथा कार्यक्रममार्फत आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा केन्द्रित हुने बताएको छ ।

त्यसका लागि सरकारले स्वास्थ्य सजगताका व्यवस्थाहरुको पूर्ण पालना गर्नेरगराउने, नमुना परीक्षण बढाउनुको साथै औषधी उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गरि कसैको पनि ज्यान जाने अवस्था आउन नदिन दृढतापूर्वक लाग्ने जनाएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले गुणस्तरीय स्वास्थ्य शिक्षा, खानेपानी तथा सरसफाई सेवामा सबै नेपालीको पहुँच हुनेगरी व्यवस्था गर्ने, शिक्षा तथा स्वास्थ्य सेवामा सरकारको भूमिकालाई थप प्रवल बनाउँदै निजी क्षेत्रलाई लगानी वृद्धिका लागि उत्प्रेरित गरिने पनि बताइन् ।

सरकारले कोभिड-१९ पछिको थप रणनीति तर्जुमा गरि रोजगारी , गरिब, किसान तथा विपन्न वर्गलाई लक्षित गरि विशेष कार्यक्रम सञ्चालन गर्ने पनि भएको छ । अन्तराष्ट्रिय विमानस्थल र सीमाका नाकाहरुमा आधुनिक हेल्थ डेक्स तथा क्वारेन्टाइनहरुको स्थापना गरिनुको साथै महामारी लम्बिएमा कार्यक्रमको पुनः प्राथमिकिकरण गर्ने सरकारको नीति छ ।

आगामी आर्थिक बर्षमा स्वास्थ्य संस्थाहरुको स्थापना एवंम स्तरोन्नति, पूर्वाधार विकास, जनशक्ति व्यवस्था र सेवाको समतामुलक पहुँच एवंम गुणस्तर वृद्धि गर्न स्वास्थ्य क्षेत्रको पुनसंरचना गरिने भएको छ । सरकारले निरोगी नेपाल निर्माणको नारा सहित आगामी आर्थिक बर्ष स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ ।

लिम्पियाधुरा फिर्ता ल्याउनेसहित के-के छन् सरकारका नीति तथा कार्यक्रम?

यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ