१८ बैशाख २०८१, मंगलवार

उपरीक्षक पदमा बढुवा सिफारिस भए सशस्त्र ३७ जना नायब उपरीक्षक

apf

३७ जना सशस्त्र प्रहरी नायब उपरीक्षकहरू प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस भएका छन् । सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी उपरीक्षक पदमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम बढुवा समितिको गत असार ५ गतेको निर्णयानुसार उनीहरुलाई बढुवा सिफारिस गरिएको हो ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब उपरीक्षकहरूले नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ (सात) दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।

035613677sp ssp
035824238ss
035811254sss